ad
x

पाँच व्यक्तित्व सम्मानित

person explore access_timeअसार १९, २०७९ chat_bubble_outline0

सूचक प्रकाशनको १५औँ वार्षिकोत्सव तथा सूचक सम्मान समर्पण समारोहमा बनेपामा शनिबार काभ्रेका विभिन्न विधाका पाँच व्यक्तिलाई सम्मान गरिएको छ । 


कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवालकासाथ साहित्कारद्वय हरि मञ्जुश्री र धु्रव मधिकर्मी, समाजसेवी शङ्कर खड्का र पत्रकार भगवती तिमल्सिनालाई कदरपत्रद्वारा सम्मान गरिएको हो ।



सो अवसरमा प्रज्ञा प्रतिष्ठानका सदस्य प्रा दिनेशराज पन्तले सम्मान गर्दै सूचक प्रकाशनले थालनी गरेको सूचक सम्मानबाट सम्मानित व्यक्तित्वलाई काभ्रेपलाञ्चोकको उर्बर क्षेत्रमा सम्मान गरेकामा प्राचीनकालदेखिको ऐतिहासिक थलोलाई समेत सम्मान गरेको अनुभूत भएको बताए । 

उनले लिच्छविकालीन शासनको स्मरण गराउँदै यहाँको महत्व र भक्तपुरको त्रिपुर दरबार र काभ्रेले पालैपालो राजसंस्था चलाउने गरेका कारण थप ऐतिहासिक क्षेत्रमा सम्मान गर्न पाउनु खुसीको विषय हो भने । सम्मानित साहित्यकार दुवालले साहित्यकार, समाजसेवी, पत्रकारलाई एकैथलोमा एकसाथ सम्मान गर्ने सूचक प्रकाशनलाई धन्यवाद व्यक्त गरे ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।