
भिलेन बन्न चाहन्थे रणवीर

बलिउड अभिनेता रणवीर कपूर हालका दिनमा नयाँ फिल्म ‘शमशेरा’लाई लिएर चर्चामा छन् । यो परियिड ड्रामा फिल्मको प्रमोसनमा रणवीरले कुनै कसर बाँकी राखेका छैनन् । रणवीर बाल्यकालदेखि नै ‘हिरो’सँगै ‘भिलेन’को चरित्रमा पनि अभिनय गर्न चाहन्थे । ‘म यस्तो छवि बनाउन चाहन्छु कि आमाले बच्चालाई भनुन् कि तिमी सुत । नत्र रणवीर आउनेछन्’, उनी भन्छन् ।
उनले फिल्म ‘शमशेरा’को भिडियो सार्वजनिक गर्दै यो कुरा बताएका हुन् । भिडियोमा उनले क्लासिक भिलेनलाई सम्झिएका छन् । ‘राम्रो र नराम्रोको लडाईंमा जहिल्यै जित राम्रोकै हुन्छ । तर, जो हारेर पनि मान्छेको मन जित्छ, उसलाई बाजिगर नभई भिलेन भनिन्छ ।
हिरो र भिलेनमा हामी हिरोको पक्ष लिन्छौं । तर, हिरोलाई आफ्नो हिरोगिरी देखाउन भिलेन छैन भने त्यस्तो हिरो कस्तो होला ? हामी हिन्दी फिल्मका क्लासिक हिरोको जति सम्झना गर्छौँ केही फिल्ममा त भिलेनले हिरोलाई पछाडि छोडेका छन्’, रणवीर भन्छन् ।
उनले ‘शोले’को गब्बर सिंह, ‘मिस्टर इण्डिया’को मोगेम्बो, ‘अग्निपथ’को काँचाचीनालाई सम्झिएका छन् । बाल्यकालदेखि नै यी भिलेन आफूलाई प्रिय लाग्ने गरेको उनले उल्लेख गरेका छन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ