शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डोट्याली लोकदेउता र जाँत सोन्दर्य लोकार्पण

आइतबार, १९ असार २०७९, ०७ : २८
आइतबार, १९ असार २०७९

सुदुरपश्चिम प्रदेशको साँस्कृतिक प्रतिनिधि मुलक कृति ‘डोट्याली लोकदेवता र जाँत सौन्दर्य’ को लोकार्पण गरिएको छ । प्राध्यापक दुर्गा प्रसाद जोशी र मीन बहादुर राणाद्वारा लिखित सो कृतिको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले शनिबार एक समारोहबीच लोकार्पण गरेका हुन् ।

सुदुरपश्चिमाञ्चल साहित्य समाजको आयोजना र उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको प्रायोजनमा सो समारोह आयोजना गरिएको थियो । सो अवसरमा मन्त्री धामीले लोक संस्कृतिका अनेक विधाहरू लोप हुने अवस्थामा पुगेका बताए । उनले साँस्कृतिक बिधिहरू हाम्रा पहिचान हुन्, हाम्रो पहिचान नै संकटाभिमुख अवस्थामा पुगेको बेला ‘डोट्याली लोक देवता र जाँत सौन्दर्य’ कृति उदाहरणीय रहेको बताए ।

सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्राध्यापक डाक्टर हेमराज पन्तले सुदुरपश्चिमको भाषा अहिले संकटमा रहेको बताउँदै ‘पहिलो आवश्यकता यसको व्याकरण निर्माण हुनुपर्छ । संघीयता आईसकेपछिले पहिचानलाई सशक्त बनाउछ । सुपमा थारू सांस्कृति छ, पहाडी र हिमाली संकृति छ । सबै सँस्कृतिलाई संरक्षण सम्बर्द्धन गर्न र अनुसंधान गर्न यो कृतिले प्रेरणा दिने छ ।’ नेपाल सँस्कृति तथा साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले यस्ता विषयामा अध्ययन अनुसंधान गर्ने स्रटाहरूलाई सम्बन्धित मन्त्रालयहरूले सहयोग गर्नुपर्ने बताए ।

कृतिका श्रष्टा दुर्गा प्रसाद जोशीले मस्टो र केदार सँस्कृतिको सुदुरपश्चिम क्षेत्रमा कसरी प्रादुर्भाव भयो, मस्टो र केदार सँस्कृतिका बिचमा किन युद्ध र विवाद भयो, डोटी राज्यका राजा नाग मल्लले सुपका लोक देवताहरू संग किन युद्ध गरे र पछि मस्टो र केदार सँस्कृतिका मानिसहरू आपसमा मिलेर बसिरहेका र हालको सँस्कृतिमा पनि केदार र मष्टो सँस्कृति विद्यमान रहेको देखिएको बताए ।

कार्यक्रममा नाटा सुदुरपश्चिम प्रदेशका अध्यक्ष एवम् सँस्कृतिकर्मी मायाप्रकाश भट्टले सुपको मौलिक सँस्कृति संरक्षण हुनु आवश्यक भएको बेला प्राज्ञ एवम् अध्येताले अध्ययन अनुसंधान गरेर यस्ता कृति प्रकाशित गर्नु प्रसंशनीय कार्य रहेको बताए ।

साहित्यकार प्राध्यापक गणेशराज जोशीले यो कृति भविष्यमा अनुसंधानकर्ताहरूलाई अन्वेशणको लागि कोशेढुंगो हुने बताए । सुदूरपश्चिमाञ्चल  साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हरिकृष्ण कडायतले गरेका थिए भने संचालन दुर्गालक्ष्मी क्याम्पसका बिष्णु महराले गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप