ad
x

नगरप्रमुख श्रेष्ठद्वारा अनुमतिपत्र लिएर सवारी साधन प्रयोग

person explore access_timeअसार १९, २०७९ chat_bubble_outline0

सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पनि शनिबार प्रमुख जिल्ला अधिकारीबाट अनुमति पत्र (पास) लिएर नगरको गाडी प्रयोग गरे । 


योजना अनुगमन, निरीक्षण, बैठकलगायतमा सहभागी हुने प्रयोजनका लागि नगरप्रमुख श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालयले अनुमति पत्र उपलब्ध गराएको हो ।



नगरप्रमुखले चढ्ने ध। १ झ १७ नम्बरको गाडी गण्डकी प्रदेशभित्र चल्न पाउने गरी ‘पास’ दिइएको कार्यालयले जनाएको छ । अत्यावश्यक सेवा तथा कामका लागि सार्वजनिक बिदाका दिनमा सरकारी सवारीसाधन प्रयोग गर्दा प्रजिअले जारी गरेको अनुमति पत्र अनिवार्य चाहिने व्यवस्था छ ।

यो नियम स्थानीय तहका पदाधिकारी र कर्मचारीका हकमा प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । सार्वजनिक खर्च घटाउन र बढ्दो पेट्रोलियम पदार्थको खपतलाई दृष्टिगत गर्दै सरकारले बिदाका दिन सरकारी सवारीसाधन प्रयोगमा अहिले थप कडाइ गरेको छ ।

प्रजिअ रमेश ढकालले सार्वजनिक बिदाका दिनमा अनुमति पत्र नलिई प्रयोग गरेमा जुनसुकै सरकारी सवारीसाधनलाई नियन्त्रणमा लिइने बताए । 

“स्थानीय तहसहित सबै सरकारी निकायलाई यो कुरा भनेका छौँ, बुझाएका छौँ, यो हामी सबैको हितका लागि हो”, उनले भने, “जनप्रतिनिधिहरुले पनि अनुमति पत्र लिएर मात्र हिँड्न थाल्नुभएको छ, यसलाई सकारात्मक लिनुपर्छ ।”

सार्वजनिक बिदा पारेर सरकारी सवारीसाधनको दुरुपयोग भएका घटनाहरु पनि बेला बेला सार्वजनिक हुने गर्छन् । कार्यालयको सवारीसाधन लिएर घुम्न निस्कने, पारिवारिक कामका लागि प्रयोग गर्ने प्रवृत्ति कर्मचारीहरुमा छ । त्यसलाई निरुत्साहित गर्न प्रशासन र ट्राफिक प्रहरी लागिपरेको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।