लोसपाको केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्ने
आइतबार, १९ असार २०७९, ०६ : ५१
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्ने भएको छ । शनिबारको बैठकमा प्रस्तुत भएको एजण्डामध्ये आज पार्टी विधानमा छलफल हुने कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।
‘पार्टी विधानको बारेमा छलफल जारी छ, आज पनि त्यसमा नेताहरुले आ–आफ्नो धारणा राख्नेछन्,’ नेता सोनलले भने ।
बैठकमा संगठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण लगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ । बैठकमा अगामी चुनावमा कुन दलसँग सहकार्य गर्ने भन्ने एजेण्डाका बारेमा पनि गम्भीर छलफल हुँदैछ ।
देशमा बढ्दो महँगी, किसानलाई मल अभाव, बाढी विपदलगायतका विषयमा छलफल हुन बाँकी रहेको नेता सोनलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
राज्य व्यवस्था समितिमा नेपाली सेना : ‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू