पत्रपत्रिका
निगम घाटामा जाँदा महत्त्वपूर्ण योजना अलपत्र
आइतबार, १९ असार २०७९, ०६ : ०७

विगत दुई वर्षदेखि पेट्रोलियम पदार्थको निरन्तरको मूल्य वृद्धिले घाटा बढाएपछि नेपाल आयल निगमले भण्डारण निर्माणलगायतका योजना अगाडि बढाउन सकेको छैन । निगमले ठूला आयोजनाका रूपमा घोषणा गरेका सबै प्रदेशमा भण्डारणका लागि भौतिक पूर्वाधार, पाइप लाइन निर्माण र विस्तारका काम स्थगितजस्तै भएका छन् ।
निगमका सञ्चित कोषहरू अहिले रित्तिएका छन् । आर्थिक सङ्कट, कानुनी प्रक्रिया र नेपाल–भारतबीच समन्वयमा काम गर्नुपर्ने भएकाले ढिलाइ भइरहेको निगमले जनाएको छ तर यी काम हाल सामान्य हिसाबले अघि बढिरहेको निगमको दाबी छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले निगमको आर्थिक सङ्कट, नीति र निर्णय प्रक्रियाका कारण चाहे जसरी काम अगाडि बढ्न नसकेको बताए । उनले भने, “मुख्य कारण आर्थिक सङ्कट नै हो, त्यसपछि नीतिगत निर्णय पनि हुन बाँकी नै छ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस