शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेटौंडामा वरिष्ठ कवि तीर्थ श्रेष्ठका दर्जन बढि कविता वाचन

शनिबार, १८ असार २०७९, २१ : ४२
शनिबार, १८ असार २०७९

हेटौंडामा वरिष्ठ कवि तीर्थ श्रेष्ठका दर्जन बढि कविता वाचन गरिएको छ । शनिबार नेपाली लेखक संघ मकवानपुरको आयोजनामा कवि श्रेष्ठको एकल कविता साँझ मार्फत उनले आफ्ना कविता वाचन गरेका हुन् । पोखरामा जन्मिएका वरिष्ठ कवि श्रेष्ठले उक्त कार्यक्रममा आफ्ना दर्जन बढि कविता र मुक्तकहरु सुनाएका थिए । नेपाली साहित्य क्षेत्रमा उनले कविता मात्रै नभइ गीत, गजल र मुक्तकक्षेत्रमा पनि कलम चलाएका छन् ।

कवि तिर्थ श्रेष्ठले आफू कोमल कविताको पक्षपाती रहेको बताए । कविता लेख्नु र राजनीति गर्नु दुबै कठिन हुने उनको भनाई थियो । कवि श्रेष्ठले लेखेको चर्चित कविता आमा नेपथ्यका अमृत गुरुङले गाएका छन् । आमा, हिउँमा लेखिएका नामहरु, लाहुरे फूल म तिम्रो नाम फेर्न चाहान्छु म मुक्तिनाथ तिमिसँग भेटिएको दिन धर्मग्रन्थ बाघ लगायतका दर्जनौं कविताहरु कवि श्रेष्ठका चर्चित कविताहरु रहेका छन् । तीनै कविताहरु आज सुनाइएका थिए । कविता वाचनको समयावधि भर मकवानपुरे संगीतकार पूर्णविक्रम अधिकारीले श्रेष्ठलाई पार्श्व संगीतमा साथ दिएका थिए ।

कवि तीर्थ श्रेष्ठको पछिल्लो चर्चित कविता संग्रह धर्सैधर्साको चक्रव्यूह नेपाली साहित्यको सर्वाधिक प्रसिद्ध पुरस्कार मदन पुरस्कारका लागि गुठीले २०७६ मा मनोनयन गरेको थियो । कार्यक्रममा कवि श्रेष्ठले आफ्नो कविता वाचन गर्नुपूर्व साहित्यकार तथा प्राध्यापक निमेष निखिलले कवि श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए ।

कवि तथा संस्कृतीकर्मी श्रेष्ठको भनाइ नै कविताको गहन भाव लुकेको हुने उनले बताए ।  तरलबाद आन्दोलनका अभियान्ता श्रेष्ठको बारेमा समकालीन कविहरुले तरलताको सरलता सरलताको तरलता भन्ने गरेका उनले बताए ।
मकवानपुरमा साहित्य कार्यक्रमहरुलाई थप चलायमान गर्न कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम गरिएको नेपाली लेखक संघका अध्यक्ष छवि अनित्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप