शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लिवियाको संसद भवनमा आगजनी र तोडफोड

शनिबार, १८ असार २०७९, २१ : ३२
शनिबार, १८ असार २०७९

लिबियाको  संसद भवनमा प्रदर्शनकारीले आक्रमण गरेका छन् । राजनीतिक गतिरोध र जिविकोपार्जनको मुद्धालाई लिएर आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुले संसद भवनमा आक्रमण गरेका हुन् ।
लिवियाली सञ्चारमाध्यामहरुलाई उदृत गर्दै अलजजिराले जनाएअनुसर पूर्वी शहर तोब्रुकमा रहेको संसद भवनमा शुक्रबार प्रदर्शनकारीहरुले  प्रवेश गरेर तोडफोड र आगजनी गरेका छन् ।

स्थानीय टेलिभिजनहरुले संसद भवनबाट कालो धुँवा उडिरहेका दृष्यहरु प्रसारण गरेका छन्  भने केही अन्तर्राष्ट्रिय टेलिभिजनहरुले संसद भवनको केही भाग जलेको समाचार प्रसारण गरेका छन् । यसअघि शुक्रबार अन्य शहरहरूमा पनि प्रदर्शनहरू भएका थिए । प्रदर्शनकारीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले संसद विघटन र नयाँ चुनावको माग गरिरहेका छन्। 

 लिबियाले पछिल्ला महिनादेखि विद्युत कटौती मार खेपिरहेको छ भने तेलमा भएको नाकावन्दीले राजनीतिक अस्थिरता निम्तिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप