बुधबार, १२ असार २०८१
ताजा लोकप्रिय

जुम्लामा चट्याङबाट ८० भेडा मरे

शनिबार, १८ असार २०७९, २१ : ००
शनिबार, १८ असार २०७९

जुम्लाको पातारासी गाउँपालिका–४ स्थित  बागजाले पाटनमा परेको चट्याङले पाँच जना कृषकका ८० भेडा मरेका छन् । सो चट्याङबाट करिब ३०० भेडा हराएका छन् ।

पातारासी गाउँपालिका–४ लुम निवासी पाँच कृषकका भेडा मरेको गाउँपालिकाका पशु शाखाका प्राविधिक हरि कामीले जानकारी दिए । अप्ठ्यारो भिर भएकाले खोजतलास गर्न कठिनाइ भएको छ ।

सोही गाउँपालिकामा रहेको प्रहरी चौकी डिल्लीचौरका  प्रमुख बद्री साउदका अनुसार चट्याङबाट पाटनमा मरेका भेडा किसान जोरा रोकाया, रामबहादुर रेउले, शङ्कर नेपाली, धर्म रेउले र मानबहादुर रोकायाको भेडा चट्याङमा परेर मरेको प्रहरी चौकी डिल्लीचौरले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप