आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

उद्योगी व्यवसायी मारमा पर्ने गरी सरकारबाट काम हुँदैन : गृहमन्त्री खाँण

शनिबार, १८ असार २०७९, २० : १२
शनिबार, १८ असार २०७९

गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी व्यवसायी सफल नभए सरकार पनि सफल नहुने बताएका छन् । शनिवार रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य सङ्घको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सो कुरा बताएका हुन् । गृहमन्त्री खाँणले उद्योगी व्यवसायीहरूलाई समस्या पर्नेगरी सरकारले काम  नगर्ने बताए ।

‘सरकार सफल हुन पहिला उद्योगी व्यवसायीहरू सफल हुनुपर्छ, उद्योगी व्यवसायी  सफल भएपछि  सरकार स्वतः सफल हुन्छ’ उनले भने । गृहमन्त्री खाँणले उद्योगी व्यवसायीका विगत देखिका विद्युत् आपूर्ति तथा ट्रङ्क लाइनका समस्याहरू पनि समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका  लुम्बिनी प्रदेशका सहरी विकास तथा पर्यटन मन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारले उद्योगी व्यवसायीसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए । उनले उद्योगीहरूको समस्या प्रदेशबाट समाधान गर्ने नीति बनाएको बताउँदै कुनै समस्या भए छलफल गर्न सरकार तयार रहेको बताए । 

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले तिलोत्तमा लगानीको हिसाबले उपयुक्त र सुरक्षित नगर रहेकोले उद्योगी व्यवसायीका लागि लगानी योग्य वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले  राजस्व कार्यालयहरूबाट कानुनी  प्रक्रियाका नाममा उद्योगी व्यवसायीहरूलाई दुःख दिने र आर्थिक भारमा पार्ने कार्य तत्काल रोकिनु पर्ने बताए ।

 संघमा नयाँ नेतृत्व सर्वसम्मत चयन 
रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य सङ्घको तेस्रो अधिवेशनले पुनः गुणनिधि भण्डारी (माधव)को अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, उद्योग उपाध्यक्ष सुरज पङ्गेनी, वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डे, महासचिव राजकुमार पाण्डे, कोषाध्यक्ष विष्णुप्रसाद भण्डारी, सचिव टिकाराम भण्डारी, सहसचिव नारायणबहादुर पौडेल र सहकोषाध्यक्षमा अमृत भुसाल सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिति संयोजक माधव प्रसाद घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप