थापाथली क्याम्पसका विद्यार्थीहरुको समूह ‘टिम सिरेटो’द्वारा टक सो आयोजना
राजधानीस्थित थापाथली क्याम्पसका विद्यार्थीहरुको समूह ‘टिम सिरेटो’ ले ‘फ्युचर टक’ नामक टक सो सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न सो कार्यक्रममा नेपालमा विद्युतीय गाडी निर्माण, व्यापार, व्यवसाय तथा भविष्यमा विद्युतीय गाडीको उपभोग र चुनौतीहरुको विषयमा बहस भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि यात्री मोटरसाइकलका संस्थापक असिम पाण्डेले यात्री मोटरसाइकल बनाउने क्रममा आफुले भोगेका अनुभव र चुनौतीका बारेमा छलफल गरेका थिए । पाण्डेले मोटरसाइकल निर्माण गर्दा निर्माण सामाग्रीमा हुने महंगी तथा दक्ष जनशक्तिको कमीले गर्दा नेपालमा धेरै विद्युतीय गाडी र मोटरहरु उत्पादन हुन नसकेको र मूल्य पनि धेरै हुने गरेको बताए । कार्यक्रममा विभिन्न संकायका करिब २ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको अन्त्यमा टिमका पूर्व म्यानेजर सौगात पाण्डेले अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए । उनले प्रत्येक साताको शुक्रबार यो कार्यक्रमको नयाँ श्रृंखला आयोजना गरिने जानकारी समेत दिएका छन् । कार्यक्रममा सहभागी विद्यार्थीहरले कार्यक्रम निकै फलदायी भएको र आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु नियमित रुपमा आयोजना हुनुपर्ने सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध