शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

थापाथली क्याम्पसका विद्यार्थीहरुको समूह ‘टिम सिरेटो’द्वारा टक सो आयोजना

शनिबार, १८ असार २०७९, १९ : ०७
शनिबार, १८ असार २०७९

राजधानीस्थित थापाथली क्याम्पसका विद्यार्थीहरुको समूह ‘टिम सिरेटो’ ले ‘फ्युचर टक’  नामक टक सो सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न सो कार्यक्रममा नेपालमा विद्युतीय गाडी निर्माण, व्यापार, व्यवसाय तथा भविष्यमा विद्युतीय गाडीको उपभोग र चुनौतीहरुको विषयमा बहस भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि यात्री मोटरसाइकलका संस्थापक असिम पाण्डेले यात्री मोटरसाइकल बनाउने क्रममा आफुले भोगेका अनुभव र चुनौतीका बारेमा छलफल गरेका थिए ।  पाण्डेले मोटरसाइकल निर्माण गर्दा निर्माण सामाग्रीमा हुने महंगी तथा दक्ष जनशक्तिको कमीले गर्दा नेपालमा धेरै विद्युतीय गाडी र मोटरहरु उत्पादन हुन नसकेको र मूल्य पनि धेरै हुने गरेको बताए । कार्यक्रममा विभिन्न संकायका करिब २ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको अन्त्यमा टिमका पूर्व म्यानेजर सौगात पाण्डेले अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए । उनले प्रत्येक साताको शुक्रबार यो कार्यक्रमको नयाँ श्रृंखला आयोजना गरिने जानकारी समेत दिएका छन् । कार्यक्रममा सहभागी विद्यार्थीहरले कार्यक्रम निकै फलदायी भएको र आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु नियमित रुपमा आयोजना हुनुपर्ने सुझाव दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप