शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपाको बैठक सम्पन्न, आइतबार पुनः बस्ने

शनिबार, १८ असार २०७९, १८ : ३५
शनिबार, १८ असार २०७९

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बैठक भोलि पुनः बस्ने गरि सकिएको छ । आजको बैठकमा एजेण्डाहरु प्रस्तुत भयो । ती एजण्डामध्ये पार्टी विधानमा छलफल जारी रहेको कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।
‘पार्टी विधानको बारेमा छलफल जारी छ, त्यसमा नेताहरुले आ–आफ्नो कुरा राख्ने कार्य जारी छ, भोलि पनि त्यहीं एजेण्डामा छलफल हुन्छ’ नेता सोनलले भने ।

बैठकमा संगठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण लगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ । बैठकमा अगामी चुनावमा कुन दलसँग सहकार्य गर्ने भन्ने एजेण्डाका बारेमा पनि गम्भिर छलफल हुँदैछ । देशमा बढ्दो महँगी, किसानलाई मल अभाव, बाढी विपदलगायतका विषयमा छलफल हुन बाँकी रहेको नेता सोनलले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप