शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वाणिज्य विभागले एकैसाथ थाल्यो देशव्यापी अनुगमन, एकै दिन ३४ कम्पनीलाई कारबाही

शनिबार, १८ असार २०७९, १७ : ४८
शनिबार, १८ असार २०७९

वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले एकसाथ देशव्यापी बजार अनुगमन सुरु गरेको छ । विभागले तीन सरकारको माध्यमबाट देशव्यापी अनुगमन थालेको हो । 

बजार अनुगमनमा वाणिज्य विभाग, प्रदेश सरकारका विभाग र स्थानीय तह र ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत अनुगमन सुरु गरिएको विभागले बताएको छ । विभागका महानिर्देशक लीलाप्रसाद शर्माले एकै दिन देशैभरका ७१ वटा कम्पनीलाई कारबाही गरेको बताए । 

यसक्रममा विभागले २५ वटा फर्मको अनुगमन गर्दै ९ वटालाई कारबाही गरेको छ । यस्तै, प्रदेश १ को वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २० वटा कम्पनीको अनुगमन गरेको छ । यस्तै मधेस प्रदेश, लुम्बिनी प्रदेश तथा विभिन्न प्रदेशमा रहेका प्रादेशिक विभागमार्फत बजार अनुगमन गरिएको शर्माको भनाई छ । यस्तै ७७ वटा जिल्ला प्रशासन र स्थानीय तहमार्फत देशभर अनुगमनको कार्यलाई तीव्रता दिइएको विभागको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप