बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कमरेड शब्द मलाई असाध्यै मनपर्छ : कमल थापा

शनिबार, १८ असार २०७९, १७ : ४१
शनिबार, १८ असार २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा नेकपा मालेका पोलिटब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताएका हुन् । 

उनले आफूलाई कमरेड शब्द धरै मनपर्ने कमरेडकै रूपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिने बताए । अध्यक्ष थापाले राप्रपा नेपाललाई बलियो राष्ट्रवादी पार्टी बनाउने उद्घोष गरे । उनले देशमा भइरहेको भ्रष्टाचारविरुद्ध लड्न खोज्ने व्यक्तिका लागि राप्रपा नेपाल सदैव साथमा रहेको र आफ्नो पार्टीमा आबद्ध हुन पनि आग्रह गरे । 

उनले भने, ‘कमरेड भन्ने शब्द मलाई पनि असाध्यै मन पर्छ । कमरेड भनेको साथी भनेको हो । मित्र भनेको हो । जोसँग भावना मिल्छ, सङ्घर्ष गरिन्छ, त्यो कमरेड हो । कमरेड भन्नमा आपत्ति गर्नु पर्दैन । कुमार श्रेष्ठलाई कमरेड कुमार श्रेष्ठकै रूपमा सम्बोधन गर्न चाहन्छु ।’ अध्यक्ष थापाले हिन्दु राष्ट्रका लागि लडिरहेका सबैलाई राप्रपा नेपालको अभियानमा जोडिन आग्रहसमेत गरे ।

गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गर्‍यो 

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप लगाए । शनिवार काठमाडौँमा आयोजित उपत्यका स्तरीय संयोजित सङ्गठनहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सर्वोच्चको परमादेशबाट गठन भएको गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको बताए ।

अध्यक्ष थापाले पार्टीहरूको स्वार्थ परिपूर्तिको निमित्त ६/६ महिनामा मन्त्री परिवर्तन गर्ने अस्थिरताको सिर्जना काम भइरहेको बताए । उनले यस किसिमका विकृति र विसङ्गतिलाई हटाउन नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्ने माग गरे । अध्यक्ष थापाले मन्त्री हुन सांसद हुनु अनिवार्य नहुने र दुई पटक भन्दा बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था लागू हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप