कृषिमन्त्रीलाई ओलीको कटाक्ष : झण्डा हल्लाऊ, भत्ता खाऊ भनेर मन्त्री बनाएको कि किसानलाई मल दिन ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा एमाले निकट किसान महासङ्घले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गाउँ घरमा भन्ने भनाई ‘देख्दाको डाल, ढिँडाको काल’ देख्दा ज्यान ठूलो छ, ढिँडो खान्छ यत्ति धेरै काम चाहिँ केही हुँदैन भन्दै कृषिमन्त्रीलाई कटाक्ष गरे ।
ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गरे पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको दृष्टान्त उल्लेख गर्दै के हेरेर बसेको भनि कृषिमन्त्री यादवलाई प्रश्न समेत गरे। उनले भने–‘दुनियाँमा कृषि मन्त्रीले मल नदिने हो भने तत्काल राजीनामा गर्नुपर्छ । के हेरेर बसेका छन् । मन्त्रीले के हेरेर बस्यो, सरकारले के हेरेर बस्यो ? मुख्य काम कृषि क्षेत्रलाई हेर्नुपर्ने, मन्त्री बनाएको झण्डा हल्लाऊ, भत्ता खाऊ भनेर मन्त्री बनाएको कि किसानलाई मल देऊ भनेर, विउ विजन देऊ भनेर, पशु पक्षीको आधुनिक नस्ल सुधार गर भनेर कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व वृद्धि गर भनेर हो कि झण्डा हल्लाऊ भनेर हो ? पिर्कामा सलामी खान मन्त्री बनाएको हो ?’ उनले कृषिमन्त्रीले किसानका लागि काम गर्नुपर्ने र किसानका समस्या हेर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?