शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि, आधा बढी काठमाडौँमा

शनिबार, १८ असार २०७९, १७ : ०१
शनिबार, १८ असार २०७९

नेपालमा थप ४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ४६७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३३ र एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण पुष्टि भएका हो । यसमध्ये सबैभन्दा बढी काठमाडौँमा २३ जना रहेका छन् । 

यही अवधिमा थप १६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३१४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८७ हजार २३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म कोभिड १९ को सङ्क्रमणबाट ११ हजार ९५२ जनाको मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप