ओलीको प्रश्न : हामीले सरकार छोडेपछि ४९ अर्बको चामल कसरी आयात भयो ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छोडेपछि कसरी ४९ अर्बको चामल आयात भएको बताएका छन् । शनिवार अखिल नेपाल किसान महासंघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ६० प्रतिशत भन्दा बढी जनता कृषिमा सहभागी भएको देशमा खाद्यान्नमा आत्मनिर्भर हुन नसकेको बताए । उनले हिमालदेखि तराईसम्म उब्जाउ भूमि रहे पनि जम्मा ३ करोड जनता खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नु दुःखद रहेको बताए ।
उपयुक्त नीतिका साथ कृषिको आधुनिकीकरण, व्यवसायीकरण गरेर अघि बढ्न नसकेकोले यो स्थितिलाई बदल्नुपर्ने उनको भनाई छ । उनले भने–‘बाहिरको खाद्यान्न आयात वृद्धिका लागि हो कि खाद्यान्नमा आत्मनिर्भर हुन नदिनका लागि हो कि वा छुद्र कमिसनको खेलका लागि हो कि ?’
अध्यक्ष ओलीले हरेक वर्ष किसानलाई चाहिने जति मल आयात नहुने गरेको बताउँदै वर्षायाममा मल चाहिन्छ भन्ने कुरा थाहा भएपछि ६ महिना अघि नै किन तयारी नगरेको भन्दै प्रश्न गरे । संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले मलको अभाव नहुने बताए पनि मल नल्याएर झुक्याउने काम गरेको बताए । उनले किसान महासंघका प्रतिनिधिहरूलाई कृषकहरूको उत्पादकत्व वृद्धि गर्ने कार्यमा सहयोग गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण