युएईका राजकुमारले झापामा १० अर्ब लगानी गर्ने
![युएईका राजकुमारले झापामा १० अर्ब लगानी गर्ने](https://rpcdn.ratopati.com/media/albums/durga-dubai_vXx9jDqyLk.jpg)
बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको पहलमा युएईका राजकुमारले झापाको जलथल जङ्गल, किच्कबध र कचनकवलको हाेचाे भूभाग र हल्दिबारीकाे भेलागडी सिमसारमा पर्यटन विकासको लागि लगानी गर्ने भएका छन् । केही समय अगाडि दुबईका अधिराजकुमार जुमा अल मकतुमले झापा लगायत नेपालका विभिन्न ठाउँको अवलोकन भ्रमण गरी स्वदेश फर्किए लगतै युएई दूतावासको टोली आज झापा आइपुगेको छ ।
उक्त टोलीले झापा क्षेत्र नम्बर ३ को किच्कबध ,कचनकवल र जलथल जङ्गल साथै भेलागडी सिमसारको अनुगमन गर्ने कार्यतालिका नेकपा एमाले केन्द्रीय सदस्यसमेत रहेका कार्यकारी निर्देशक प्रसाईले जानकारी दिए । ५ वर्षभित्रमा १० अर्ब लगानी गर्ने गरी काम गर्ने गरी काम अगाडि बढेको प्रसाईले बताए । जलथल जङ्गललाई खुल्ला चिडियाखानाको रूपमा विकास गरी पर्यटन हबको विकास गर्ने गरी काम गर्ने गरी गुरुयोजना तयार गर्ने काम सुरु भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त