माले पोलिटब्युरो सदस्य श्रेष्ठसहित नेताहरू राप्रपा नेपालमा प्रवेश

लामो समय कम्युनिस्ट आन्दोलनमा रहेका कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् । नेकपा (माले) का पोलिटब्युरो सदस्य रहेका श्रेष्ठ , केन्द्रीय सदस्य वीरसिंह तामाङ लगायतलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनितीमा जबरजस्त ढङ्गले अगाडि बढ्ने बताए । राजनीतिक दलका नेता, कर्मचारीतन्त्र र बिचौलियाहरूको त्रिसंखु गठबन्धनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै धर्म परिवर्तन ,बेरोजगारी ,भ्रष्टाचार र कुशासनको अन्त्यको निमित्त जनता जागरूक हुनुपर्ने बताए । थापाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली , केन्द्र र स्थानीय तहको मात्र संरचना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाले मात्र अहिले देखिएको समस्या समाधान हुने बताए ।
नव-प्रवेशी कुमार श्रेष्ठले अब राप्रपा नेपालले अवलम्बन गरेको बाटोबाट मुलुकको स्वाधीनताको रक्षा , प्रजातन्त्रको संरक्षण र मुलुकको समृद्धि हुने निष्कर्ष सहित राप्रपा नेपालमा समाहित भएको बताए । यसै गरी राप्रपाका गौरव नेपालीको नेतृत्वमा १ सय पाँच जना पनि सोही अवसरमा राप्रपा नेपाल प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी