माओवादी निकट विद्यार्थी संगठनमा विवाद, पवन कार्कीको नेतृत्वमा समानान्तर कमिटी घोषणा
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले पवन कार्कीको नेतृत्वमा एक सय ९९ केन्द्रीय समितिसहितको समानान्तर कमिटी घोषणा गरेको छ ।
सहिद परिवार सदस्य कमरेड प्रतीक कार्कीको सभापतित्वमा शनिबार बसेको भेलाले पवन कार्कीको नेतृत्वमा एकसय ९९ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति निर्माण गरेको हो । सो समूहका नेता उपदेश यादवकाअनुसार आयोजक समितिमा वर्तमान र पूर्व पदाधिकारीसहित ईन्द्र लामा, उपदेश यादव, बालकुमार केसी, सागर केसी, वसन्ता भण्डारी, समीर बुढाथोकीलगायत रहेका छन ।
संगठन विभाग, प्रशिक्षण विभाग, स्वयमसेवक विभाग लगायत महत्वपूर्ण विभाग गठन गरेको सो समूहले देशभर संगठन पुनर्गठन अभियान चलाउने निर्णय लिएको छ । साथै, राष्ट्रियता, जनजीविका, जन्तन्त्रको सवालमा संघर्स गरेर अघि बढ्नेसहित शैक्षिक कार्यक्रम, सांगठनिक कार्यक्रम सार्वजनिक गर्दै निरन्तर संगठन निर्माणको दिशामा अघि बढेको यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच