शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी निकट विद्यार्थी संगठनमा विवाद, पवन कार्कीको नेतृत्वमा समानान्तर कमिटी घोषणा

शनिबार, १८ असार २०७९, १५ : १८
शनिबार, १८ असार २०७९

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले पवन कार्कीको नेतृत्वमा एक सय ९९ केन्द्रीय समितिसहितको समानान्तर कमिटी घोषणा गरेको छ ।

सहिद परिवार सदस्य कमरेड प्रतीक कार्कीको सभापतित्वमा शनिबार बसेको भेलाले पवन कार्कीको  नेतृत्वमा एकसय ९९ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति निर्माण गरेको  हो । सो समूहका नेता उपदेश यादवकाअनुसार आयोजक समितिमा वर्तमान र पूर्व पदाधिकारीसहित ईन्द्र लामा, उपदेश यादव, बालकुमार केसी, सागर केसी, वसन्ता भण्डारी, समीर बुढाथोकीलगायत रहेका छन ।

संगठन विभाग, प्रशिक्षण विभाग, स्वयमसेवक विभाग लगायत महत्वपूर्ण विभाग गठन गरेको सो समूहले देशभर संगठन पुनर्गठन अभियान चलाउने निर्णय लिएको छ । साथै, राष्ट्रियता, जनजीविका, जन्तन्त्रको सवालमा संघर्स गरेर अघि बढ्नेसहित शैक्षिक कार्यक्रम, सांगठनिक कार्यक्रम सार्वजनिक गर्दै निरन्तर संगठन निर्माणको दिशामा अघि बढेको यादवले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप