अमेरिकाद्वारा युक्रेनलाई बयासी करोड डलर बराबरको सैन्य सहयोग घोषणा

संयुक्तराज्य अमेरिकाले युक्रेनलाई वयासी करोड डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको छ । नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र रडारसहितका अन्य युद्ध सामग्री समावेश गरिएको छ ।
पछिल्ला दिनमा रूसले युक्रेनमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेर त्यहाँको जनजीवन अस्तब्यस्त पारेको छ भने युक्रेनी सेनामाथि पनि घण्टौँसम्म तोपगोलाले लगातार आक्रमण गरिरहेको छ । रूसी फौजको निरन्तर आक्रमणबाट भयभीयत भएका युक्रेनी नेताहरूले सार्वजनिक रूपमा पश्चिमा सहयोगीहरूलाई तत्काल थप गोला बारुद र आधुनिक हातहतियार उपलव्ध गराउन गरेको आह्वानको जवाफमा अमेरिकाले नयाँ सैन्य सहयोगको घोषणा गरेको हो ।
अमेरिकाले युक्रेनलाई हतियार र सैन्य प्रशिक्षणमा आठ अर्ब ८० करोड डलरभन्दा बढीको सैन्य सहयोगको प्रतिबद्धता गरेको छ । रूसी सेनालाई परास्त गर्न अमेरिकासहितका पश्चिमा देशबाट युक्रेनले थप मद्दत मागेका थिए । उनीहरूले रूसी आक्रमणपछि करिब सात अर्ब डलरको सहायता घोषणा गरिसकेका छन् । शुक्रबार औपचारिक रूपमा घोषणा गरिएको अधिकांश सहायता युक्रेन पुग्न हप्ता वा महिना लाग्नेछ ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नयाँ सैन्य सहयोग घोषणा गरेकामा अमेरिकी राष्ट्रपतिप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचनमा सहभागी भएनन् २ हजार कानुन व्यवसायी
-
डीडीसीको बदमासी ५ सय मिलि लिटर दूधको प्याकेटमा ४ सयमात्रै
-
कथाकार अनिता तुलाधर भन्छिन् : मोटरसाइकल चलाउन सिकेको भए कहाँ कहाँ पुग्थेँ होला !
-
थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री
-
राजतन्त्र फर्किन सम्भव छैनः रक्षामन्त्री राई
-
फैसला हेरेर कस्ता ट्यालेन्टेड न्यायाधीशहरू आएछन् भन्ने लाग्यो : स्वर्णिम वाग्ले