शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘बाँदर गुरिल्ला भए, भ्यासेक्टोमी गरौं !’

शनिबार, १८ असार २०७९, १४ : ३०
शनिबार, १८ असार २०७९

प्रदेश १ प्रदेशसभाको आजको बैठकको शून्य समय लिएर बोल्दै प्रदेशसभा सदस्य रामचन्द्र लिम्बूले पहाडमा बाँदरहरु गुरिल्ला जस्तो भएको बताएका छन् ।  जसको कारण पहाडबाट धेरै मानिसहरु विस्थापित भएको उनले बताए ।

‘पहाडतिर तराई मधेशको जिल्ला बाहेकको जिल्लााहरुबाट जनताहरु दिनदिनै तराईतिर ओरालो लाग्ने र पहाड खाली हुने भइरहेको छ । यसको मूल कारण भनेको बाटोघाटोको असुविधा, सिञ्चाईको अभाव, स्वास्थ्य र शिक्षाको अभाव,उत्पादन कम हुने हो,’ उनले भने, ‘त्यस्तै अर्को ठूलो समस्या सिर्जना भएको छ । त्यो भनेको बाँदरको आतङ्क हो । मकै लगाए मकै खान्छ, कोदो लगाए कोदो खान्छ, जुनेलो लगाए जुनेलो खान्छ, मास लगाए मास खान्छ, बोडी लगाए बोडि खान्छ, सुन्तला लगाए सुन्लता खान्छ । केही बाँकी राख्दैनन् ।’

उनले बाँदरलाई प्रहरीले खेद्दा अलिअलि भागेजस्तो गर्ने तर महिलाहरुलाई देख्नेवित्तिकै आक्रमण गर्न थालेको पनि बताए । ‘हुँदाहुँदा अहिले पहाडका बाँदर गुरिल्ला हुनथाले । पुलिसले खेद्दा अलिअलि भागेजस्तो गर्छ । महिला खेद्न जाँदा त उल्टो आक्रमण गर्छ । मेरो छिमेकी एक जना महिलालाई पनि बाँदरले कुट्यो,’ लिम्बूले भने, ‘केही हुन दिँदैन । बाँदरका कारण मानिसहरु विस्थापित भएका छन् । यसको विकल्प के हो ? बन्दुक हान्न पनि पाइँदैन होला । बाँदरको भ्यासेक्टोमी गर्ने हो कि विकल्प सोच्नुपर्यो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप