बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश स्तरीय विपद् व्यवस्थापन एकीकृत अभ्यास सम्पन्न

शनिबार, १८ असार २०७९, १४ : २५
शनिबार, १८ असार २०७९

नेपाली सेनाले सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं. २ स्थित कमला नदीमा मनसुन पूर्व विपद् प्रतिकार्यको लागि असार १५ गतेदेखि १७ गतेसम्म तीन दिने प्रदेश स्तरीय विपद् व्यवस्थापन एकीकृत अभ्यास "अभ्यास हातेमालो" सम्पन्न गरेको छ । 

मधेस प्रदेशका मुख्य मन्त्री लाल बाबु राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त समारोहमा, डुबान क्षेत्रबाट प्रभावित अवस्था बनाई जल उद्धारका विभिन्न डेमोस्ट्रेशनसहित नेपाली सेनाको विपद् टोलीद्वारा हेलकप्टरबाट उद्धार अभ्यास गरिएको थियो । कार्यक्रममा श्री नं. २७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी भरत चन्द्र गुरुङले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै मुख्य मन्त्री राउतले तराई मधेस क्षेत्रमा बर्षेनी हुने डुबान समस्याबाट पीडितहरूलाई उद्धार गर्न एकीकृत रूपमा मधेस प्रदेश सरकारको पहलमा विपद् व्यवस्थापन कार्यको लागि आवश्यक पर्ने स्थायी संयन्त्र खडा गर्नको लागि पहल गर्ने कुरा उल्लेख गरेका थिए । उनले यस किसिमको अभ्यास एकीकृत रूपमा सफलतापूर्वक सञ्चालन गर्न सहयोग गरेकोमा नेपाली सेनालाई विशेष धन्यवाद दिई सहभागीहरूलाई प्रशंसा पत्र समेत प्रदान गरेका थिए । 

उक्त समारोहमा विशिष्ट अतिथि प्रदेश गृह तथा सञ्चार मन्त्री भरत प्रसाद शाह, गृह तथा सञ्चार मन्त्रालयका सचिव, विभिन्न नगरपालिकाका मेयरहरू, गाउँपालिकाका अध्यक्षहरूलगायत नेपाली सेनाका रथी तथा अधिकृतहरू र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रदेश प्रहरी प्रमुखहरु गरी करिब २०० जनाको उपस्थिति रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप