साताको सुनचाँदी मूल्य : सुन स्थिर, चाँदी घट्यो
यो सातामा सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले साताभरको सुनचाँदीको मूल्य सार्वजनिक गर्दै सुनको भाउ स्थिर र चाँदीको भाउ ओरालो लागेको जानकारी दिएको हो ।
गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार सम्ममा सुनचाँदीको मूल्य यस्तो कायम भएको हो । गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार तोलामा १०० रुपैयाँले बढेर कारोबार सुरू भएको थियो । यस्तै, सोमबार ४०० रुपैयाँले बढेको सुन मंगलबार स्थिर कायम थियो । त्यसयता, बुधबार पुनः तोलामा १०० रुपैयाँले बढेर कारोबारमा आएको थियो । जुन, विहीबार तोलामा ३०० र शुक्रबार पनि ३०० रुपैयाँले घटेर गत साताको शुक्रबारकै मूल्य कायम भएको हो ।
यसैगरी, यो साता चाँदीको मूल्यमा भने भारी गिरावट आएको छ । गत साताको शुक्रबार तोलामा १ हजार २४० रुपैयाँ कायम चाँदीको मूल्य शुक्रबारसम्ममा प्रतितोला ३० रुपैयाँले घटेको हो । जसअनुसार, चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान