बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नवनियुक्त राजदूत श्रेष्ठलाई चेम्बरको आग्रह– चीनसँगको व्यापार सहजीकरण गरिदिनुपर्‍यो

शनिबार, १८ असार २०७९, १२ : ४७
शनिबार, १८ असार २०७९

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले चीनका लागि नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठसँग भेटवार्ता गरेको छ । श्रेष्ठसँग भएको भेटवार्ताका क्रममा नेपाल चीन व्यापार सहजीकरण गर्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजीकरणमार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिए । नेपालबाट कृषि, हस्तकलाका सामान, मूर्तिजन्य वस्तुहरुको निर्यात प्रवद्र्धनका लागि भन्सारमा उच्चस्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने बताए । ग्वाङझाउ तथा ल्हासास्थित महावाणिज्य दूतावासलाइ नेपाल चीन व्यापार सहजीकरणका लागि कृयाशील बनाउनुपर्ने अध्यक्ष मल्लको भनाइ छ । 

नेपाल चीनबीच केरुङ भएर हुने व्यापारमा अनावश्यक खर्चहरु आयात कर्ताले व्यहोर्नु परेकोले व्यावसायिक लागत अत्यधिक रुपले वढन गएकोप्रति अध्यक्ष मल्लले राजदूत श्रेष्ठको ध्यानाकर्षण गराए । सीमा नाकामा हुने अनावश्यक खर्चलाई हटाउन र भन्सार तथा परिवहन प्रकृयालाइ सहज गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे ।

नवनियुक्त राजदूत श्रेष्ठले आफ्नो कार्यकालमा दुई मलुकबीचको आर्थिक र कुटनीतिक सम्वन्धलाई उच्चस्तरमा पुर्याउन आफुले अधिकतम पहल गर्ने बताए । भन्सारमा व्यापार सहजीकरण गरि नेपालमा उत्पादित वस्तुहरुको निर्यातका लागि पहल गर्ने श्रेष्ठले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप