सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच छलफल

शनिबार, १८ असार २०७९, ११ : ४८
शनिबार, १८ असार २०७९

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरबीच भेटवार्ता भएको छ ।

युक्रेन भ्रमणमा रहेका नर्वेली प्रधानमन्त्री स्टोरले शुक्रबार भएको भेटवार्ताका क्रममा युक्रेनलाई नर्वेले गर्न सक्ने सहयोगका बारेमा कुराकानी भएको जनाइएको छ ।  

रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनको पक्षमा उभिँदै आएको नर्वेले यसअघि पनि विभिन्न सहयोग गर्दै आएको थियो । नर्वेले युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै तत्काल आक्रमण रोक्न र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्दै आएको थियो ।  

भेटवार्ताका क्रममा युक्रेनी राष्ट्रपति जेलेनेक्सीले नर्वेको सहयोग र समर्थनका लागि धन्यवाद ज्ञापन गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा उनले सुरक्षा, राजनीतिक र मानवीय सहयोग नर्वेले गरेको स्मरण गरेका थिए ।

प्रधानमन्त्री स्टोरले युक्रेन भ्रमणका क्रममा आक्रमणबाट क्षतिग्रस्त भएका केही ठाउँको स्थलगत निरीक्षण पनि गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप