शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपा कार्यकारिणी समितिको बैठक बस्दै

शनिबार, १८ असार २०७९, ११ : ३४
शनिबार, १८ असार २०७९

लोकतान्त्रिक समाजवादी पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा आज मध्यान्ह सो पार्टीको कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । बैठकमा मुख्यरुपमा संगठन विस्तार र पार्टी विधानको बारेमा छलफल हुने कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।

उनले भने– ‘पार्टीको मुख्य काम संगठन विस्तार बाँकी नै छ, त्यसको बारेमा छलफल हुनुको साथै पार्टीमा विधानको मस्यौंदा प्रस्तुत भएको छ, त्यसको बारेमा पनि छलफल हुन्छ ।’ पार्टीको केन्द्रीय समिति लगायत अन्य भातृसंगठनको जिम्मेवारी बाँडफाँड लगायतका कामहरु बाँकी रहेको बताउँदै उनले संघीय र प्रदेशको चुनावको विषय, पार्टीको संगठनलाई सुदृढ गर्ने तयारीमा लोसपा लागेको बताए ।

‘संगठनले पूर्णता नपाएको कारण स्थानीय चुनावमा अलिअलि समस्या भएको अनुभूति भयो अगामी चुनावमा दुरुस्त संगठन बनाएर सोच बनेको छ र त्यसको बारेमा ब्यापक छलफल हुने र संगठन निर्माणमा जोड दिने तयारी छ’ उनले भने । त्यसका आलवा अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने सोनलले बताए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप