बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेयमार सम्झौता लम्ब्याउने चाहनामा, पीएसजी बेच्न चाहन्छ

शनिबार, १८ असार २०७९, ११ : २५
शनिबार, १८ असार २०७९

ब्राजिलियन स्टार खेलाडी नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौता लम्ब्याउने योजना बनाएका छन् । डेली मेलका अनुसार पीएसजीसँग नेयरमारले सन् २०२७ सम्मको सम्झौता गर्ने योजना बनाएको बताएको छ ।

३० वर्षीय नेयमार सन् २०१७ को अन्त्यतिर क्याटलान क्लब बार्सिलोनाबाट कीर्तिमानी मुख्य २०० मिलियन पाउन्डमा पीएसजी आएका छन् । तर पीएसजीले भने नेयमारलाई बेच्नका लागि कीर्तिमानी मूल्यको अफर खोजिरहेको छ ।
पछिल्लो सयम प्रिमियर लिग क्लब चेल्सीसँग नेयमारको चर्चा चल्न थालेको छ । चेल्सीले नेमारलाई किन्न चाहेपनि रकम नमिल्दा दुई क्लबको कुना नमिलेको हो ।

पीएसजीमा अहिले अर्जेन्टिनी स्टार लियोनल मेस्सी छन् । त्यस्तै फ्रेन्च युवा स्टार केलियन एम्बाप्पेले पनि क्लबसँग सम्झौता नवीकरण गरिसकेको छ । पीएसजीले लगातार दुई सिजन च्याम्पियन्स लिग फुटबलको उपाधि जित्न नसक्दा क्लबका केही ठूला खेलाडीलाई बेच्ने योजना बनाएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप