मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

शनिबार, १८ असार २०७९, १० : ५०
शनिबार, १८ असार २०७९

बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्दैछन् ।

शनिबार कीर्तिपुरस्थित मल्टी प्रपाेज कभर्डहलमा हुने फाइनल खेल अपराह्न ३ बजे सुरु हुनेछ । लिग चरणमा अपराजित भएको पुलिस आजको खेलमा जित निकाल्न चाहन्छ ।

यता लिग चरणमा पुलिससँग पराजित भएको एपीएफ फाइनलमा हराएर उपाधि आफ्नो पक्षमा पार्ने दाउमा छ । त्यस्तै शनिबार नै तेस्रो स्थानको लागि आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लब र परोपकार आदर्श माविबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो १ बजे सुरु हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख नगद प्राप्त गर्दा उपविजेताले २ लाख ५० हजार पाउने छन् । त्यस्तै तेस्रोले १ लाख २५ हजार र चौंथोले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप