
हब को-अपरेटिभको आपत्ति

बालुवाटार स्थित हब को-अपरेटिभले संस्थाविरुद्ध विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
संस्थाले शनिबार एक विज्ञप्ति जारी गर्दै वित्तीय कारोबार सुरु गरेको करिब एक वर्षको अवधिमा हालसम्म शेयर र निक्षेप गरी १२ करोड ननाघेकोमा केहि सञ्चार माध्यमले हब सहकारीले ५० करोड निक्षेप अन्तर सहकारी कारोबार गरी सङ्कलन गरेको, सदस्यहरूको बचत रकम जोखिममा रहेको जस्ता भ्रामक समाचार प्रकाशित गरेकोमा आपत्ति जनाएको हो ।
संस्था सहकारी ऐन अनुसार नै संस्था अघि बढेको भन्दै कारोबार गरिरहेका कुनै पनि सदस्यहरूको निक्षेप जोखिममा नरहेको बताएको छ ।
साथै संस्थाले विद्युतीय प्रणाली मार्फत आफ्ना सदस्यले नेपाल भरको कुनै सहकारी संस्थाबाट आफ्नो खातामा रकम जम्मा गर्न र झिक्न सक्ने गरी अन्तर सहकारी कारोबारको व्यवस्था मिलाएको पनि जानकारी दिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ