बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, केन्द्रीय समिति सदस्यको नाम टुङ्गो लगाउने

शनिबार, १८ असार २०७९, १० : ०६
शनिबार, १८ असार २०७९

केन्द्रीय सदस्यको नाम टुङ्गो लगाउने विषयमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बबरमहलस्थित पार्टी कार्यालयमा अपरान्ह बस्ने बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भातृ संगठन गठनलगायत समसामयीक विषयमा समेत छलफल गर्ने भएको छ ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संशोधित विधानलाई पारित गर्नेलगायतका एजेन्डामा बैठकका लागि तय गरिएका छन् । ‘अपराह्न १ बजे देखी बस्ने बैठकले केन्द्रीय कार्यसमितिको सदस्यको सङ्ख्या टुंग्याउनेदेखी सरकारलाई बुझाएको ज्ञापन पत्रका बारेमा छलफल हुनेछन्,’ कर्णले  भने  । 

तत्कालका लागि केन्द्रीय समिति सदस्यको सङ्ख्या ५ सय १ सदस्सीय राख्ने र त्यसका लागि नाम संकलन गर्ने कार्य गरिरहेको लोसपा नेपालले सो विवरण निर्वाचन आयोगमा पेस गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप