रानी र बलको स्वरमा 'म डुब्दै गएँ' सार्वजनिक
शनिबार, १८ असार २०७९, ०९ : ५५
गायिका रानी शाक्य र गायक बलबहादुर राजवंशीको स्वरमा रहेको गीत ‘म डुब्दै गएँ’ सार्वजनिक भएको छ । गीतमा हरि उप्रेतीको शब्द, विकास चौधरीको सङ्गीत र एरेञ्ज छ ।
गीतमा गोविन्द सोनीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । भिडियोमा आकाश श्रेष्ठ, गीता ढुंगाना र बालकृष्ण निरौला फिचर्ड छन् ।
सुनिल श्रेष्ठ प्रोडक्सन मेनेजर रहेको भिडियोमा उत्तम हुमागाईंको छायाङ्कन, माधव बेलबासीको सम्पादन र कलर तथा प्रहिल कार्कीको निर्देशन रहेको छ । भिडियो गायिका रानीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भागदौडको घटनामा घाइते बालकलाई भेट्न पुगे अल्लु अर्जुन
-
भारत–पाकिस्तान तनाव सेलाउन नपाउँदै इङ्ल्यान्ड–अफगानिस्तानबिच विवाद सुरु
-
धान बाली : क्षेत्रफल घट्दै गए पनि उत्पादन बढ्दो
-
कम्युनिस्ट पार्टीको बैठकमा गाडीको लाम, तस्बिरहरू
-
मधेस प्रदेशसभाको चौथो अधिवेशन आजदेखि, दुई वटा कार्यसूची तय
-
भूकम्पपछि चीनद्वारा सगरमाथा अवलोकन क्षेत्र बन्द