शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'कछुवा गति'मा राष्ट्रिय गौरवका आयोजना

शनिबार, १८ असार २०७९, ०६ : २९
शनिबार, १८ असार २०७९

चालू आर्थिक वर्षमा पूर्वाधार तथा विकास निर्माण  सवालमा सरकार अपेक्षाकृत असफल देखिएको छ । 

सङ्घ, प्रदेश र स्थानीय तहका तीन वटै सरकारले भौतिक पूर्वाधार तथा विकास निर्माणमा अपेक्षाकृत खर्च र भौतिक प्रगति गर्न नसकेको देखिएको हो । 

राष्ट्रिय गौरवका योजनामा समेत ढिलासुस्तीलगायतका कारणले प्रगतिले फड्को मार्न सकेको छैन । गौरवका आयोजनालाई प्राथमिकता दिएको जनाउने सरकारको प्रगति विवरण भने सन्तोषजनक छैन । 

चालू आर्थिक वर्षमा ३ खर्व ७८ अर्ब ९ कराेड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखिएकोमा आर्थिक वर्ष सकिन २ साता मात्र बाँकी रहँदा  करिव ४० प्रतिशत मात्र खर्च गरिएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप