सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा बाढीको चेतावनी
शनिबार, १८ असार २०७९, ०६ : १५
सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको महाशाखाको भनाइ छ ।
महाशाखाले मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने बताएको छ । विहान १० बजेसम्म अति उच्च सतर्कता अपनाउन चेतावनी समेत दिएको छ ।
उता झापाको शनिश्चरे, चन्द्रगढी लगायत इलाम र झापाको सीमा आसपास केही स्थानहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ । महाशाखाले मेची, विरिङ, निन्दा, अदुवाखोला लगायत साना खोलामा बाढीको जोखिम; तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउन भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली मूलका ढकालद्वारा अमेरिकाको हर्न्डन सहरको मेयर पदमा उम्मेदवारी घोषणा
-
व्यक्तिलाई दोषी करार गर्न मिल्दैन : शिशिर खनाल
-
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
-
कार्यदल सदस्य र सभामुखबिच बानेश्वरमा छलफल
-
‘दुवै पक्षको अडान कायम छ, बिचको बाटो खोज्दैछौँ’
-
पूर्वराजा ललितपुर पुग्दा मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गर्ने तयारी