देउवा-नेपाल भेट : निजगढ विमानस्थल अवलोकन गर्न शीर्ष नेता जाने
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।
उक्त भेटमा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेकपा समाजवादीका डा. बेदुराम भुसाल सहभागी थिए । भेटमा सहभागी नेकपा समाजवादीका महासचिव भुसालले खासगरी विकास निर्माणका बारेमा दुई नेताबीच कुराकानी भएको बताए ।
‘विकास निर्माण र राष्ट्यि योजनाबारे छलफल भयो, अन्य राजनीतिक विषयमा धेरै कुराकानी भएन’ महासचिव भुसालको भनाइ छ । उनले वागमति प्रदेश सरकारका मुख्यमन्त्री फेरबदलबारे सामान्य कुराकानी भएपनि थप केही नभएको बताए । वागमतीका मुख्यमन्त्री फेर्न सत्तारुढ दलमै प्रयास भएका बेला प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालबीचको भेटवार्तालाई अर्थपुर्ण रुपमा लिइएको छ । यद्यपी नेताहरुले भने स्पस्ट केही खुलाउन चाहेका छैनन् ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरु निजगढ विमानस्थलको स्थलगत अवलोकन गर्न जाने भएका छन् ।
शुक्रबार प्रधानमन्त्री देउवा र नेकपा समाजवादीका अध्यक्ष नेपालबीच बालुवाटारमा भएको भेटवार्तामा तीनै दलका शीर्ष नेता शनिबार निजगढ विमानस्थलको स्थलगत अवलोकनमा जानेबारे कुराकानी भएको डा. भुसालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा