शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्राउन सुगरसहित दुई जना पक्राउ

शुक्रबार, १७ असार २०७९, १९ : २३
शुक्रबार, १७ असार २०७९

जनकपुरधामबाट ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नम्बर ८ खोजपुर बस्ने २४ वर्षीया रजनी कुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय मोहम्मद आरीफ हुसेन रहेको धनुषा प्रहरीले जनाएको छ ।

उनीहरुलाई बिहिवार साँझ बिशेष सूचनाको आधारमा पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । उनीहरुको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८२० मिली ग्राम र चुना जस्तो देखिने पदार्थ १ ग्राम ३७० मिली ग्राम बरामद गरेको प्रवक्ता क्षेत्रीले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप