बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एक वर्षपछि मुगुमा बजार अनुगमन

शुक्रबार, १७ असार २०७९, १९ : १५
शुक्रबार, १७ असार २०७९

हिमाली जिल्ला मुगुमा एक वर्षपछि स्थानीय बजार अनुगमन गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय छायानाथ रारा नगरपालिका, नेपाल प्रहरीलगायत अन्य सरोकारवाला निकायको संयुक्त टोलीमा सदरमुकाम गमगढी बजारमा एक वर्षपछि छड्के अनुगमन गरिएको हो । 

सदरमुकाम गमगढी बजारको अदालत चोकबाट सुरु भई सदरमुकामका करिब एक दर्जनभन्दा बढी पसलको अनुगमन गरिएको हो । बजार अनुगमनको क्रममा बढी मात्रा अखाद्य बस्तु, पेय पदार्थ, जंग फुड, मदिरालगायतका सामान बरामद गरिएको अनुगमन टोलीले जनाएको छ । छायानाथ रारा नगरपालिकाका नगर उपप्रमुख ऐश्वर्या मल्ल र सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर रोकायाको नेतृत्वमा गरेको अनुगमन टोलीले शुक्रबार यहाँका सानादेखि ठूला पसलसम्म अनुगमन गरिएको छ । 

अनुगमनकै क्रममा नागरिकको मृत्युको मुखमा बचाउने यहाँका निजी मेडिकलमा पनि अनुगमन गरिएको र उक्त मेडिकलमा गरिएको अनुगमनमा म्याद नाघेका औषधि, स्यानिटाइजरलगायत म्याद नाघेका औषधिहरू फेला पारि बरामद गरिएको बताए । शुक्रबार गरिएको अनुगमनमा बेसार, पेय पदार्थ, चकलेट, चाउचाउसँगै दर्जनौं प्रकारका लाखौं मूल्यका खाद्यान्न बस्तुहरू बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर रोकायाले बताए । 

नागरिक समाज मुगुका अध्यक्ष रूप बहादुर मल्लका अनुसार अनुगमन यहाँका सरोकारवाला निकायले औपचारिकता मात्र देखाएको बताए । तीन/तीन महिनामा गरिनु पर्ने अनुगमन एक वर्षपछि एक पटक मात्र अनुगमन गर्दा यहाँका नागरिकको जीवनमाथि खेलबाड गरेको उनको भनाई छ । अनुगमनको जिम्मेवारी पाएका उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, स्थानीय सरकार, प्रहरी, प्रशासनले अनुगमनको क्रमलाई लापरबाही गरेको उनको आरोप छ । 

नागरिक र स्थानीयको गुनासो लाई सम्बोधन गर्दे हामीले आवश्यकता अनुसार अनुगमन गरिने र स्थानीय तह चुनाव २०७९ को लागि अनुगमनमा ढिलाइ भएको बताए । यता स्थानीय सरकार छायानाथ रारा नगरपालिकाले बजार अनुगमन २०७५ को ऐन पारित नै भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप