यस पटकको विश्वकप अर्जेन्टिनाले जित्छ : सुवास नेम्वाङ

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ फुटबलका फ्यान हुन् । राजनीतिमा जतिसुकै व्यस्त भएपनि उनी देशदेखि विदेशसम्मका महत्वपूर्ण खेलहरु नछुटाइकन हेर्ने प्रयास गर्छन् । फुटबलका फ्यान भएकै कारण नेम्वाङ सार्वजनिक फोरमहरुमा बेलाबेलामा फुटबलको चर्चा गरिरहन्छन् ।
अर्जेन्टिनी स्टार लियोनेल मेस्सीका फ्यान नेम्वाङले यस पटकको विश्वकप अर्जेन्टिनाले जित्ने दाबी छन् । शुक्रबार नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङले आफूलाई मनपर्ने खेलाडी मेस्सी भएको उल्लेख गर्दै अर्जेन्टिनाले विश्वकप जित्ने बताएका हुन्।
‘जे होस यो ताली चै अर्जेन्टिनाले मेस्सीले विश्वकप जित्छन् भन्ने मलाई विश्वास छ,’ उपाध्यक्ष नेम्वाङले भने । नेम्वाङले आफूले विश्व फुटबलका चर्चित लिगहरु प्रिमियर लिग, ला लिगा आफूले हेर्ने गरेको पनि बताए ।
मेस्सी पीएसजी गएपछि बार्सिलोनाको खेल हेर्न छाडेको पनि नेम्वाङले बताए । विगतमा पनि नेम्वाङले मेस्सीको टिमले खेल जित्नुपर्ने बताउने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु