शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खुंखार गैंडा शिकारी रामकुमार र बमबहादुर पक्राउ

शुक्रबार, १७ असार २०७९, १७ : १७
शुक्रबार, १७ असार २०७९

खुंखार गैंडाको खाग तस्कर तस्करको रुपमा परिचित चितवनका रामकुमार प्रजा र बम बहादुर प्रजालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको राप्ती नगरपालिका–१० घर भएका ४१ वर्षीय रामकुमारलाई असार १३ मा मकवानपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी उत्तमराज सुवेदीले रातोपाटीलाई बताए ।

एआईजी सुवेदीकाअनुसार कालिका नगरपालिका–९ घर भएका ४३ वर्षीय बमबहादुर प्रजा असार १६ मा धादिङको मलेखुबाट पक्राउ परेका हुन् ।

२०७७ कात्तिकमा उनीहरुले ४–४ वटा गैंडा मारेको चितवन राष्ट्रिय निकुञ्जले गरेको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुलाई थप अनुसन्धान र कानुनी कारवाहीका लागी केन्द्रीय अनुसन्धान ब्यूरोले निकुञ्जलाई बुझाएको छ । आरोपीहरुलाई जिल्ला अदालत चितवनमा उपस्थित गराइने निकुञ्जको कार्यालयले जनाएको छ ।

यसअघि गैंडा मारेर खाग तस्करी गरेको कसुरमा रामकुमार प्रजा १० वर्ष जेल बसेर छुटेका हुन् । उनी २०६० देखी ०७० सम्म जेल बसेर रिहा भएका हुन् । बमबहादुर प्रजा २०६० देखी २०७५ सम्म १५ वर्ष जेल बसेर छुटेका हुन् । जेलबाट छुट्नासाथ उनीहरु फेरि गैंडा शिकार गरेर खाग बेच्ने धन्दामा सक्रिय भएको अनुसन्धानबाट थाहा भएको छ ।

रामकुमार प्रजाको भाई राजकुमारलाई प्रहरीले २०७१ मा मलेशियाबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । २८ वटा गैंडा मारेको कसुरमा अहिले उनी जिल्ला कारागार चितवनमा कैद भुक्तान गरिरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप