
जब श्रीमानले श्रीमतीमाथि चक्कु प्रहार गरे...

सुर्खेतमा एक व्यक्तिले आफ्नै श्रीमतिलाई चक्कु प्रहार गरेका छन् । चिङ्गाड गाउँपालिका –१ का ३० वर्षीय तिलबहादुर घर्तीले आफ्नै श्रीमितलाई चक्कु प्रहार गरि घाइते बनाएका हुन् ।
शुक्रबार बिहान ८ बजे वीरेन्द्रनगर नगरपालिका –४ भैरवस्थानस्थित ससुरालीको घरमा आएका उनले त्यही नै चक्कु प्रहार गरेको प्रहरीले बताएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता हिराबहादुर पाण्डेले भने,‘ ३३ वर्षीया श्रीमती खगिसरा घर्तीलाई चक्कु प्रहार गरी घाइते बनाएको प्रहरीलाई खबर आउने वित्तिकै प्रहरी त्यहाँ खटिएको थियो ।’
उनका अनुसार खगिसराको अहिले कर्णली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ । ‘उनी टाउको, घाँटी, कुमको पछाडी दुबै हातमा चोट लागेकाले बोल्न सक्ने अवस्थामा छैनन्,’ उनले भने । प्रहरीका अनुसार तिलबहादुरलाई चक्कुसहित प्रहरीले नियन्त्रणका लिएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान गरिरहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ