
हैजा फैलिएपछि होटल तथा रेस्टुरेन्टमा अनुगमन

काठमाडौं उपत्यकामा हैजाको संक्रमण फैलिएसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन तीव्र पारेको छ ।
प्रशोधित पिउने पानी, होटल–रेस्टुरेन्ट, क्यान्टिन तथा स्ट्रिट फुड निरीक्षण अनुगमन तीव्र तुल्याएको विभागले जनाएको हो । अनुगमनका लागि दैनिक २ वटा टोली परिचालित हुने गरेको पनि विभागले जनाएको छ ।
असार १२ देखि १७ गतेसम्ममा विभाग तथा विभागको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी तथा पत्रकारसहितको अनुगमन टोलीले २९ वटा प्रशोधित पिउने पानी उद्योग र २२ वटा होटल, रेस्टुरेन्ट तथा स्ट्रीट फुडको अनुगमन गरेको विभागले जनाएको छ ।
यस क्रममा पानीका ३० थान र सलादका ३ थान नमूना संकलन गर्नुका साथै ३३ थान पुराना जार र म्याद सकिएको खाद्य पदार्थ नष्ट गरी कारवाही गरिएको विभागले जानकारी दिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ