बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

थप ५० जनामा कोभिड-१९ को संक्रमण पुष्टि

शुक्रबार, १७ असार २०७९, १७ : ०२
शुक्रबार, १७ असार २०७९

पछिल्लो २४ घण्टा देशभर थप ५० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१४ जनामा गरिएको परीक्षणमा ५० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १८ जना कोभिड-१९ बाट संक्रमण मुक्त भएका छन् भने हाल नेपालमा २९७ जना कोभिड-१९ का स्रक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर एक लाख ७८ हजार ७८६ जनाको कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप