शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश सरकार परिवर्तनले सत्ता गठबन्धनलाई कुनै असर गर्दैन : इन्द्र बानियाँ

शुक्रबार, १७ असार २०७९, १६ : ५३
शुक्रबार, १७ असार २०७९

बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेशमा सरकार परिवर्तनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कुनै असर नगर्ने बताएका छन् ।  बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको तयारी भइरहँदा गठबन्धनलाई कुनै असर नगर्ने उनले बताए । ‘बागमती प्रदेशमा सरकार परिवर्तन गर्दा सत्तारुढ गठबन्धनलाई कुनै असर गर्दैन,’ उनले भने । 

काँग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँले केही दिनअघि बागमती प्रदेशमा चुनावी सरकारको नेतृत्व काँग्रेसले गर्ने सहमति पत्र सार्वजनिक गरेका थिए । बागमतीमा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री छन् । चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति भएपछि पाण्डे मुख्यमन्त्री बनेका थिए ।

गठबन्धनबीच सहमति भए बागमती प्रदेशको मुख्यमन्त्री बानियाँ हुने निश्चित छ । यसबारे छलफल गर्न शुक्रबार नै गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दैछ । बागमती र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तनका विषयमा गठबन्धन बैठकमा छलफल हुने भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप