
अभिभावकसँग लिखित सम्झौता गरेर सौन्दर्य प्रतियोगिता हुने

अभिभावकहरुसँग लिखित सम्झौता गरेर नेपालमा अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीताको फ्रेन्चाइजी ‘मिस टिन इन्टरनेशनल २०२२’ आयोजना हुने भएको छ । क्रियटिभ माइन्ड मिडिया एन्ड इभेन्ट प्रा.लिको आयोजनामा हुने सौन्दर्य प्रतियोगीताका लागि आयोजकले अडिशन खुल्ला गरेको छ ।
प्रतियोगीतामा भाग लिन चाहने किशोरीहरुले यहि जुलाई २ र जुलाई ३ तारिख ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा हुने पहिलो चरणको अडिशनमा भाग लिन सक्नेछन् । यस फ्रेन्चाइजी सौन्दर्य प्रतियोगीतालाई किवानीज इन्टरनेशनलले नेपाल भित्रयाएको हो । पहिलो चरणको अडिशनबाट उत्कृष्ट ५० प्रतियोगीहरु चुनिने छन् ।
आयोजकले अडिशनबाट छानिएका ५० प्रतिष्पर्धी र उहाँहरुका अभिभावकसँग कानुनी रुपमा लिखित सम्झौता गर्ने छन् । अडिशनबाट चुनिएका ५० प्रतियोगीहरुलाई र्याम्प वाक, फोटोसुट, व्यक्तित्व विकास, मेकअप, फिल्ड अवलोकन, ओरिन्टेशन, मोटिभेस्नल स्पिकिङ लगायत विभिन्न कार्यशालाहरुमा सहभागी गराइने छन् ।
कार्यशालापछि अन्तिममा ट्यालेन्ट शो अर्थात प्रि–जजमेन्ट राउण्ड हुनेछ । २० जुलाईमा हुने प्रि–जजमेन्ट राउण्डबाट २५ जना प्रतियोगीहरु अन्तिम राउण्डका लागि छानिनेछन् । अन्तिम चरणका लागि छानिएका २५ जना प्रतियोगीहरुलाई सोल्टि क्राउन प्लाजामा एक साताका लागि क्लोज–क्याम्पमा राखिनेछन् ।
उक्त क्लोज–क्याम्पमा आत्मरक्षा, पौडि र प्रत्यक्ष प्रस्तुतीका प्रशिक्षणहरु प्रदान गरिनेछन् । सात दिनको प्रशिक्षणबाट जुलाई ३१ तारिखमा सोल्टि क्राउन प्लाजामा विजेता घोषणा गरिने छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ