शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘कृष्ण लीला’ को पोष्टरमा पुष्प र श्रद्धाको प्रेमिल रुप

शुक्रबार, १७ असार २०७९, १६ : ०७
शुक्रबार, १७ असार २०७९

प्रेमकथामा निर्माण भएको फिल्म हो ‘कृष्णलीला’ । ३ भदौबाट रिलिज हुने फिल्मले प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार–प्रसार समेत तिब्र बनाएको छ ।

यस्तैमा निर्माण युनिटले शुक्रबार फिल्मका केही पोस्टर समेत सार्वजनिक गरेको छ । जसमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको प्रेम देखाइएको छ ।

एउटा सपना बोकेर हिँडेकी युवती सुस्त मनस्थिति भएको युवकसँग प्रेममा डुबेपछि आउने उतार–चढाव कथा फिल्मले उठाएको छ । दीपक वली निर्देशित फिल्ममा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाईं लगायतको अभिनय छ ।

शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, बाबुल गिरी र अर्जुन पोखरेलको संगीत, माइकल चन्द र रामजी लामीछानेको कोरियोग्राफी, लक्ष्मण सुवेदीको कथा लेखन रहेको फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा प्रकाश राज कार्की र केवल तामाङ रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप