शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
उद्योग वाणिज्य महासंघ प्रदेश १ द्वारा १५ बुँदे निर्णय

सरकारको वर्तमान नीतिले स्वदेशी उद्योग धरासायी हुने ठहर

शुक्रबार, १७ असार २०७९, १५ : ३६
शुक्रबार, १७ असार २०७९

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को चौथो साधरणसभाले औद्योगिक कच्चा पदार्थमा भएको सरकारको वर्तमान नीतिले स्वदेशी स्यानिटरी प्याड, वायर उद्योग, वनस्पती तेल लगायतका स्वदेशी उद्योगहरु धरासायी हुने ठहर गरेको छ । 
विराटनगरमा सम्पन्न उक्त साधरणसभाले कतिपय तयारी वस्तुमा भन्सार दर बढाएपनि स्वदेशी उद्योगले प्रयोग गर्ने कच्चा पदार्थमा पनि भन्सार दर बढाइएकोमा यसमा संशोधन गर्न पहल गर्ने निर्णय पनि गरेको छ । साधारणसभाबाट विभिन्न १५ बुँदे प्रस्ताव पारित गरिएको छ ।

यस्तै अब आउन लागेको मौद्रीक नीति कसिलो हुनुपर्ने, बैंकको तरलताबाट सृजित औद्योगिक ब्यबसायिहरुको समस्या निराकरण गर्न उत्पादनशिल क्षेत्रमा प्रवाह हुने कर्जा र अन्य क्षेत्रमा प्रवाह हुने कर्जा ब्याजदर फरक गरि उत्पादनशिल क्षेत्रमा प्रवाह हुने कर्जालाई एकल अंकमा नबढ्ने गरि कायम गर्नु पर्ने, प्रदेश १ को राजधानी विराटनगरमा प्रादेशिक औद्योगिक प्रदर्शनी, विशेष आर्थिक क्षेत्र स्थापनाको सरकारी योजना कार्यान्वयन गर्नुपर्ने प्रस्ताव गरिएको उल्लेख गरेका छन् । 

उद्योग वाणिज्य महासंघले विराटनगर विमानस्थलको स्तरोन्नतीको कामलाई अगाडि बढाउन आवश्यक बजेट विनियोजन गर्नुपर्ने, प्रदेश स्तरीय राजश्वन्याधिकरणको कार्यालय स्थापनाका लागि पहल गर्ने, आगामी २०७९ फागुन भित्र प्रादेशिक व्यापार मेलाको आयोजना गर्ने, यस प्रदेशबाट अलैंची, चिया, सुपाडी, अदुवा, अम्लिसो, जडीवुटीहरु विदेश निर्यातको प्रबद्र्धनका लागि पूर्वाधार विकासका साथै आधुनिक कृषि उपकरणहरुको विकास लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । महासंघले विभिन्न पर्यटकीयस्थल, धार्मिकस्थलको विकासमा पनि जोड दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप