
ADVERTISEMENT
रौतहटमा चोरीको मोटरसाइकलसहित युवक पक्राउ

रौतहटको दक्षिणी भेग बौद्धीमाई नगरपालिकास्थित बंकुल बजारबाट चोरीको मोटरसाइकल सहित एक जना युवक पक्राउ परेका छन् । एक निजी बोर्डिङ स्कुलबाट बिहीबार दिउँसो चोरी भएको मोटरसाइकल सहित बौधिमाई ७ का ३२ वर्षीय मुकेश यादव लाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताएका छन् ।
आरोपी यादवमाथि चोरी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थमाई थप अनुसंधान सुरु गरिएको एसपी घिमिरेले जानकारी दिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ