शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडामा मङ्की पोक्सका २७८ बिरामी भेटिए

शुक्रबार, १७ असार २०७९, १५ : १८
शुक्रबार, १७ असार २०७९

क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले बिहीबार जुन २९ सम्म देशमा कुल २७८ जनामा मङ्की पोक्सबाट सङ्क्रमित भएको पुष्टि गरेकी छिन् । ब्रिटिश कोलम्बियाका चार, अल्बर्टाबाट पाँच, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ सङ्क्रमणका घटनाहरू दर्ता भएको वरिष्ठ चिकित्सक ट्यामले जनाएकी छिन् । मङ्की पोक्स भाइरसको जोखिमको जोखिम कुनै समूहमा मात्र नभएर यसको शिकार जो कोही पनि हुनसक्ने  बताइएको छ । 

उनले भनिन्– जुन कुनै लिङ्ग, उमेर समूको व्यक्ति पनि सहजै सङ्क्रमित हुनसक्ने उनले जनाएकी छिन् । ट्यामका अनुसार अधिकाङ्श सङ्क्रमितहरू २० देखी ६९  उमेर समूह भित्रका छन् ।   यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा पाइएको थियो।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप